दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

देश अप्ठ्यारोमा परेको बेला काँग्रेस-एमाले सधैँ एक ठाउँमा आउँछन् : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला काँग्रेस–एमाले एक ठाउँमा आउने गरेको बताउनुभएको छ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा काँग्रेस–एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले काँग्रेस–एमाले एक ठाउँमा आएको बताउनुभएको हो । 

देश आर्थिक रूपमा सङ्कटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले काँग्रेस–एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।

उहाँले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफूहरू सरकारमा लो–प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाउनुभयो ।

उहाँले देशभित्र आत्मविश्वास बढाउन, सङ्कटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, बिदेसिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन काँग्रेस–एमाले मिलेर काम गर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै सांसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताउँदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गर्नुभयो । 

 

सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको डुङ्गामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गर्नुभयो ।

 

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : ३२ बजे