सुनको मूल्यमा नयाँ कीर्तिमान

नारायणी नदिमा फसेका ५८ जनाको सकुशल उद्धार

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदिमा फसेका ५८ जनाको असार २२ गते राती पौने ११ बजे सकुशल उद्धार गरिएको छ ।

वर्षाको कारण नारायणी नदिमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।  

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  २ : ४४ बजे