साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काश्मिरमा गोली लागी आठ जनाको मृत्यु

नयाँदिल्ली । भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ । 

काश्मिरका प्रहरी महानिरीक्षक विधि कुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताउनुभयो । 

बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी रहेको बताउनुभयो । 

“हामीले मोडेरग्रामबाट दुई आतङ्ककारी र फ्रिसल चिन्निगामबाट अन्य चार आतङ्ककारीको शव बरामद गरेका छौं,” बिर्दीले भन्नुभयो

विवादित क्षेत्रमा आक्रमणको यो पछिल्लो घटना हो । भारत र पाकिस्तान दुवैले मुस्लिम बहुल कश्मिरलाई पूर्ण रूपमा आफ्नो क्षेत्र दावी गर्छन् र यसको नियन्त्रणका लागि तीन वटा युद्ध लडेका छन् । 

विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् ।  द्वन्द्वले दशौँ हजार नागरिक, सैनिक र विद्रोहीहरूको ज्यान लिएको छ । 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ४७ बजे