दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएकाे हाे ।

बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउँदै सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताउनुभएकाे छ ।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफूहरूले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताउनुभयाे ।
 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ५३ बजे