‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतको मेघालयमा एक नेपालीसहित चारजनाको विभत्स हत्या

शिलोङ । भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । अमप्लेङ गाउँको पूर्वी जैन्तिया हिल्समा शनिबार शव फेला परेको जनाइएको छ । 

प्रहरीका सुपरिटेन्डेन्ट गिरी प्रसादले स्थानीय मिडियासँग कुरा गर्दै घटनाको गम्भीरतालाई लिएर स्पेसल इन्भेस्टीगेसन टिम (एसआईटी) गठन गरिएको जनाएका छन् । 

मृतकमध्ये एकजना नेपालका २३ वर्षीय रवि राई भएको जनाइएको छ । उनी इलामको पास्थाका भएको समाचारमा जनाइएको छ । अन्य मृतकको भने पहिचान खुलेको छैन ।

सबै शवलाई खलियारियातस्थित सिभिल अस्पतालमा लगिएको जनाइएको छ । सोही अस्पतालमा पोस्टमार्टमको काम हुने नर्थ इस्ट न्यूजले जनाएको छ । ती शव शनिबार बिहान स्थानीय कामदारले देखेका थिए । उनीहरूलाई हात बाँधिएको र चोट लागेको अवस्थामा भेटिएको थियो ।

उनीहरूलाई नृसंश र पूर्वनियोजित रूपमा आक्रमण गरिएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी सुपरटेन्डेन्ट प्रसादले उनीहरूमाथि धारिलो हतियार प्रयोग गरिएको जनाएका छन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : ३९ बजे