सुनको मूल्यमा नयाँ कीर्तिमान

पाल्पामा एक जनालाई बगायो, अर्का एक जनाको कठ्याङ्ग्रिएर मृत्यु

पाल्पा । पाल्पामा बाढीले बगाएर र कठ्याङ्ग्रिएर एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–६, गोठादीकी ६८ वर्षीय रीमासरा राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चिर्तुङखोलाले बगाएर रानाको मृत्यु भएको हो ।

सातपोखरीबाट माहिलाचौर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट ५ सय मिटर टाढा मृत अवस्थामा रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताउनुभयो ।

त्यस्तै वर्षाको पानीले कठ्याङ्ग्रिएर तानसेन नगरपालिका–५, मा ४२ वर्षीय शेरबहादुर विकको मृत्यु भएको छ । मादकपदार्थ सेवन गरेर चिसोमै लडेका उनको कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : ०२ बजे