साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गुजरातको सुरतमा छ तले भवन भत्किँदा कैयौँ व्यक्ति भग्नावशेषमा फसेको आशङ्का

गुजरात । सुरतको सचिन क्षेत्रमा शनिबार दिउँसो एक बहुतले भवन भत्किएको छ । धेरै मानिस भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । प्रहरी र अग्नि नियन्त्रण अधिकारीसहितको टाली घटनास्थलमा पुगेको र उद्धार कार्य जारी रहेको छ । 

सुरतका प्रहरी आयुक्त अनुपम सिंह गहलोतले भग्नावशेषमा फसेकी एक महिलालाई सफलतापूर्वक उद्धार गरिएको बताउनुभयो ।

अनुपम सिंह गहलोतले भन्नुभयो, “आज दिउँसो करिब ३ बजे सचिन क्षेत्रमा रहेको छ तले भवन भत्कियो । उक्त भवनमा बस्ने धेरै मानिसहरु भित्र फसेका थिए । तत्कालै प्रहरी र अन्य उद्धार टोली घटनास्थलमा पुगेको र एक महिलालाई सफलतापूर्वक उद्धार गरिएको थियो । 

गहलोतले अगाडि भन्नुभयो, “भग्नावशेषमा फसेका ३० फ्ल्याटमध्ये करिब पाँच वटा फ्ल्याटमा मानिसहरू रहेका थिए भने अन्य फ्ल्याटहरू खाली थिए । उनीहरूले रात्रिको कामपछि कोठामा निदाएका कारण उनीहरू फसेका अनुमान गरिएको छ । भग्नावशेषमुनि अझै करिब पाँचदेखि छ जना फसेका हुनसक्ने अनुमानसहित उद्धार कार्य जारी छ ।” 

दमकल, राष्ट्रिय विपद् प्रबन्ध बल (एनडीआरएफ) र प्रहरीले उद्धार कार्य जारी राखेको सुरतका कलेक्टर डा सौरभ पारधीले बताउनुभयो । 
 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : १० बजे