सुनको मूल्यमा नयाँ कीर्तिमान

मिनिट्रकको ठक्करबाट कर्मचारीको मृत्यु

दाङ। दाङको भालुवाङमा मिनिट्रकले मोटरसाईकल ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ।

घोराहीबाट चनौटातर्फ जाँदै गरेको रा १ ख २०६३ नम्वरको मिनिट्रकले कालाकाटे बाट लालमटियातर्फ जाँदै गरेको लु१४ प ४१९९ नम्वरको मोटरसाईकललाई राप्ती गाउँपालिका १ पुलचोक फेरिखोला नजिक ठक्कर दिँदा  मोटरसाईकल चालक गढवा १ कालाकाटे निवासी वर्ष ४५ का सन्तोष कुमार योगीको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ। मृतक ऐरावती बहुमुखि क्याम्पसका सहलेखापाल हुन्हुन्छ । 

ठक्कर दिने चालक र सवारी साधन ईलाका प्रहरी कार्यालय भालिवाङको नियन्त्रणमा रहेको छ भने मृत्युको पोस्माटमका लागि घोराही लैजाने तयारी भईरहेको छ ।
 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ४ : ०३ बजे