कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न आज अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।
 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १२ : ४२ बजे