‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिन्धुपाल्चोक : ढलानले किचेर बेपत्ता भएका दुई जना मृत फेला 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा न ४ हिन्दीमा निर्माणाधीन भोटेकोसी – १ जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा ढलान खस्दा किचेर बेपत्ता भएका दुई जना मृत अवस्थामा फेला परेको छ ।

शुक्रबार सुरुङको ढलान खस्दा बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका वडा न ३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का सुमन थारु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

इलेक्ट्रिक हाइड्रो पावर कम्पनीद्वारा गत साउनबाट निर्माण थालिएको ४० मेगावाट क्षमताको यो आयोजनाको सुरुङ निर्माणका क्रममा ढलान खस्दा अन्य दस जना मजदुर घाइते भएका थिए । घाइतेहरू सबैलाई धुलिखेल अस्पताल काभ्रेमा उपचार गरिएको र यसमध्ये एकजना डिस्चार्ज भएको पावर कम्पनीका प्रमुख उमेश पराजुलीले बताउनुभयो । मृतक दुईजनाको पोस्टमार्टम प्रक्रियापछि उचित क्षतिपूर्तिसहित परिवारलाई शव बुझाइने प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ११ : ०३ बजे