सुनको मूल्यमा नयाँ कीर्तिमान

दाङकाे राप्ती नदीमा बाढी : रुखमा चढेका दुईको उद्दार, एक जना बेपत्ता

 दाङ । दाङकाे लमही नगरपालिका-७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाकाे सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन्।

राजपुर गाउँपालिका-२ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए। तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएको हाे भने दुई जना सिमलको रुखमा चढेका थिए।

नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिनु भयाे 

राजपुर-२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको हाे। उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : ४५ बजे