साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तिब्बतका पार्टी सचिव र पूर्व अध्यक्ष तिमिल्सिना बीच भेटवार्ता 

काठमाडौं । राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र  चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र  (तिब्बत ) का पार्टी सचिव वाङ चुनचङ बीच शनिबार भएको छ । 

 चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा भाग लिन तिब्बत जानु भएका पूर्व अध्यक्ष तिमिल्सिना र तिब्बतका पार्टी सचिव वाङ बिचमा ल्हासामा भेटवार्तामा  दुई देशको आपसीहितका सम्बन्धमा महत्वपूर्ण कुरा भएको हो । 

भेटका अवसरमा अध्यक्ष नेपालको विकासमा चीन सरकारले पु¥याएको सहयोग लागि धन्यवाद दिँदै चीनसँग जोडिएका सीमा नाका बाह्रै महिना नियमित सञ्चालन गर्न , पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा लगायत  चीनका विभिन्न सहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न  आग्रह गर्नुभएको छ । यसैगरी नेपालबाट हाइलेज ( घाँस ) , राँगा र कुखुराको मासु  र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गर्नुभयो । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नश्ल , बीउ , बिरुवा र प्रविधि उपलब्ध गराउन आग्रह गर्नुभयो । 

सचिव वाङले नेपालको विकासमा चीन सरकारको निरन्तर निः सर्त सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुका साथै नेपालबाट तिब्बतमा घाँस निर्यातलाई बढावा दिने , सबै सीमा नाकाहरू नियमित सञ्चालन गर्न  र पूर्वाधार निर्माण गर्न क्रमशः सहयोग बढाउने विश्वास दिलाउनु भयो । साथै उहाँले चीनको एक चीन नीति प्रति नेपालको समर्थन र नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिनद्धताको उच्च प्रशंसा गर्नुभयो । तिब्बतका पार्टी सचिव वाङले पूर्व अध्यक्ष तिमिल्सिनाको सम्मानमा रात्रीभोजको पनि आयोजना गर्नुभयो । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : २० बजे