सुनको मूल्यमा नयाँ कीर्तिमान

आगलागी तीन घर जले

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा गएराति भएको आगलागीमा परि तीन घर जलेर नष्ट भएका छन् । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित रामबजारमा राति साढे १ बजेतिर भएको आगलागीमा परि तीन वटा घरहरू पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

स्थानीय मोहन भण्डारीको दुई तले घरबाट सुरु भएको आगलागीबाट छिमेकीहरू तेज बहादुर भुजेल र बद्री बर्देवाको घरसमेत जलेका छन्। आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको छ। घटनाको कारण खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो। आगलागी भएपछि प्रहरी र स्थानीयको सहभागितामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ। आगोलागिबाट घरमा रहेका लत्ताकपडा लगायत घरायसी सामान जलेको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ०७ बजे