सुनको मूल्यमा नयाँ कीर्तिमान

माथिल्लो डोल्पामा हिउँ चितुवाले मार्‍यो १५ वटा च्याङ्ग्रा

डोल्पा । शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र हिउँ चितुवाले १५ वटा च्याङ्ग्रा मारेको छ ।  शे-फोक्सुण्डो गाउँपालिका वडा नम्बर ६ का स्थानीय लोटेई गुरुङको फोत गाउँमा यही १६ गते राती हिउँ चितुवाले एक्कासी च्याङ्ग्राको गोठमा पसेर आक्रमण गरि च्याङ्ग्रा मारेको शे फोक्सुन्डो गाउँपालिका डोल्पाका उपाध्यक्ष पेमा वाङ्ग्छेन गुरुङले जानकारी दिनुभयो ।

हिउँ चितुवाबाट मारिएका च्याङ्ग्राको सरदर मूल्य  ४ लाख  बराबरको क्षति भएको उपाध्यक्ष गुरुङको भनाई छ । केही महिना अगाडि सोही गाउँपालिका वडा नम्बर १ सुङ्ग्ज्योरमा एक बालिकालाई चितुवाले आक्रमण गरेकाे थियाे ।

एक वर्ष अगाडी शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पा र wwf Nepal ले हिउँ चितुवाको क्यामेरा ट्यापिङ्ग गरि राष्ट्रिय निकुञ्ज भित्र र सामुदायिक वनमा १ सय २० हिउँ चितुवाको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : ३९ बजे