साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

बिहीबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ ।

सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्य ४१२ सिट जितेको छ । जुन २०१९ को भन्दा २११ सिटले बढी हो ।

त्यस्तै, लज्जास्पद हार बेहोरेको ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ । जुन २०१९ को भन्दा २५० ले कम हो ।

यसअघि बकिंगघम प्यालेस पुगेर ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले अब पार्टीको नेतृत्व पनि छोड्ने घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : ३३ बजे