‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पहिलो पटक युरोपका देशमा दर्शक हँसाउँदै ‘धुर्मुस–सुन्तली’

काठमाडौँ – कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले पहिलोपटक युरोपका विभिन्न देशमा प्रस्तुति दिने भएका छन्। 

आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका अन्य देशमा पुगेपनि उनीहरू युरोपका देशमा पुगेका थिएनन् । उनीहरुले पहिलोपटक युरोपका झण्डै दर्जन बढी देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन् । धुर्मुस-सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुति जुलाई ८ मा फिनल्याण्डमा गरिने आयोजक संस्था चौतारी इभेन्ट्सले जनाएको छ । यस्तै दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा रहने बताइएको छ । 

यस्तै, अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । साथै माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरूमा कार्यक्रममा आयोजना गरिएको जानकारी दिइएको छ । 

धुर्मुस–सुन्तलीको साथमा गायक बिष्णु खत्री, तुल्सी सिवाकोटीको पनि प्रस्तुति रहनेछ। 

'धेरैपछि विदेशी भूमिमा रहेर विभिन्न कर्म गर्नुहुने नेपाली दर्शकलाई प्रस्तुति देखाउन तयारी गर्न पाउँदा निकै खुसी लागेको छ,' धुर्मुसले भने।   

उनले आगामी दिनमा अन्य देशहरूमा अब निरन्तर कलाकारितामै सक्रिय रहने जानकारी दिए ।
 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : ५५ बजे