थप २ हजार ७४५  जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

काठमाडौं – ​​​​​​​ पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ७ हजार ४४९ पीसीआर परीक्षण र ५ हजार ८४१ एन्टिजेन परीक्षणबाट कुल  २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ४ हजार १८७ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ६३ हजार २५७  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ४१ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ८ हजार ५ सय ६  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ४३ बजे