साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पोखरा विश्वविद्यालयका करार प्राध्यापकहरु आन्दोलित,पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी

पोखरा । पोखरा विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक तथा प्राविधिकहरुले उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको विषयमा हल्काफुल्का निर्णय गरेकाले आन्दोलनमा उत्रनुपरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 पोखरा विश्वविद्यालयको पछिल्लो सभाले करार सेवामा कार्यरत प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णयको विरुद्ध आन्दोलनमा उत्रिनु परेको उप प्राध्यापक निरज खड्काले बताउनु भयो । आन्दोलनको पहिलो चरण अन्तर्गत उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कूल प्रशासन कार्यालय तालाबन्दीको गरिएको छ । साथै समस्याको समाधान नभए आइतबारबाट थप सशक्त आन्दोलनको घोषणा गरिने समेत आन्दोलनरत प्राध्यापकहरुले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : ५९ बजे