प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

​​​​​​​ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने हुनुभएकाे  छ । उहाँले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गर्नुभएकाे हाे  ।

नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पुगेका प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो । 

एमाले– कांग्रेस सत्ता सहकार्यको सहमति भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ । सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिँदा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

 

 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : ३८ बजे