काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ ।
शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारबाहीको विषयमा छलफल गरेको हो ।
यसअघि समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।
प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार ३ : ०३ बजे
प्रतिक्रिया