नेकपा एसले घोषणा गर्‍यो ९३ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

असार १६ गतेबाट प्रज्ञा भवनमा चलिरहेको दशौं महाधिवेशनबाट पार्टीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो । एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी नै छ ।

केन्द्रीय समितिको बैठक भोलि केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।  २९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । बाँकी केन्द्रीय सदस्य बढीमा १० दिनभित्र ढुंगो लगाइने उनले बताए । 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : ५३ बजे