‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ

काठमाडौँ । ललितपुर प्रहरीले शंकास्पद करोबारमा संलग्न रहेको आशंकामा तीन भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट  ५० लाख नगद र सुन गाल्ने मेसिन समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय विभूते सहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष विभूते छन्। त्यस्तै, भक्तपुरका सिद्धान्त चौलागाईं र ललितपुरका यसवन्त सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा खानतलासी पाँच जना पक्राउ र नगदसहितका सामान बरामद भएका हुन् । उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : ३२ बजे