‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पेट्रोलियम ढुवानीको अवरोध हट्यो : ट्यांकर चालकलाई भोलिदेखि खोप दिइने

काठमाडौं ।  ट्यांकर चालकलाई खोप लगाउने सम्झौता भएपछि पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटेको छ।

नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो ।

 नेपाल आयल निगम लिमिटेडका प्रवक्ता विनितमणि उपाध्यायले आज निगम र ट्यांकर चालक संघबीच खोप उपलब्ध गराउने सहमति भएपछि अवरोध हटेको हो बताउनुभयो । उहाँका अनुसार ट्यांकर चालक र सहचालकलाई बुधबार (भोली) बाट खोप लगाइने छ। 

केहि दिनदेखि ट्यांकर चालक,सहचालकले कोभिड बिरुद्धको खोप पाउनुपर्ने भन्दै माग राखेर विरोध गरिरहेका थिए। 

निगमका अनुसार भैरहवामा ६ सय, विराटनगरमा ६ सय, नेपालगञ्जमा २ सय ५० र चारआलीमा ६० जना चालक र सहचालकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

 

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ५२ बजे