दीर्घकालीन असर पर्ने काम नगर्न सरकारलाई एमालेको खबरदारी

काठमाडौं। नेकपा एमालेले अल्पमतमा परेको प्रचण्ड सरकारलाई दीर्घकालीन असर पर्ने कुनै काम नगर्न  आग्रह गरेको छ। एमालेको महासचिव शङ्कर पोखरेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरि अल्पमतमा परेको  वर्तमान सरकारलाई कुनै दीर्घकालीन असर पर्ने काम नगर्न र नगराउन खबरदारी गर्नुभएको छ।  

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा  राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको र एमालेले  प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले सरकार अल्पमतमा परेको पोखरेलले विज्ञप्तिमा उल्लेख छ।  पोखरेलले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन समेत माओवादीलाई आग्रह गर्नुभएको छ। 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ३ : ०५ बजे