काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए । उनको सुनुवाइ शुक्रबारका लागि तय गरिएको थियो ।
प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी छलफल गरिएको थियो । प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेको बुझिएको छ ।
असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
प्रकाशित मिति : २० असार २०८१, बिहिबार २ : २२ बजे
प्रतिक्रिया