काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण भएको बताउनुभएकाे छ ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउँदै प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताउनुभएकाे हाे ।
कांग्रेस-एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउँदै उहाँले चार महिनामै लसपस गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गर्नुभयाे ।
उहाँले प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेको बताउँदै छिटो भन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयाे । प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प भएको बताउँदै उहाँले आफूहरूले केही दिन कुर्ने बताउनुभयाे ।
प्रकाशित मिति : २० असार २०८१, बिहिबार १ : ३० बजे
प्रतिक्रिया