राजीनामा दिने ‘मुड’मा  प्रचण्ड, कानूनविद्सँग परामर्श गर्दै

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजीनामा दिने ‘मुड’मा पुगेका छन्। प्रमुख सात्तासाझेदार  नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै दबाबमा परेका प्रधानमन्त्रीलाई त्यसको भोली पल्टै दोस्रो ठुलो सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पाटी र अशोक राई नेतृत्वको जसपा नेपाललेसमेत साथ छाड्ने भएसँगै थप दबाब सृजना भएको छ ।

आफुलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेल्ने नेकपा एमालेले नै सरकारको समर्थन फिर्ता लिएर मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि अब विश्वासको मतका लागि कुर्ने कि राजीनामा दिनेबारेमा उनी आफू निकटस्थ नेता र कानूनविद्सँग परामर्शमा रहेको स्रोतको दाबी छ।  प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेरै  राजीनामा दिने तयारी गरे पनि प्रतिनिधि सभाको बैठक आइतबार मात्रै बोलाइएको छ।

यद्यपि माओवादीको पदाधिकारी बैठकले भने प्रधानमन्त्रीले राजीनामा नदिने, बरु विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ। तर, एमालेले राजीनामा दिइसकेको र  रास्वपा र जसपा नेपाललेले पनि सरकार छाड्ने तयारी गरिरहेको अवस्थामा अब मार्गप्रशस्त गर्ने मुडमा प्रधानमन्त्री पुगेको आंकलन गरिको छ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १० : १४ बजे