कांग्रेस–एमाले गठबन्धनको पक्षमा अशोक नेतृत्वको जसपा : मन्त्रीहरूले आजै राजीनामा दिने 

काठमाडौं । अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।

जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा बुझाउन लागेका हुन् । यस पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले  आफ्नो पार्टीले नयाँ बनेको एमाले– काग्रेंसको गठबन्धनलाई आफ्नो पार्टीको साथ रहने बताए ।

उनले भने,‘एमालेको निर्णय पर्खिएका थियौं उहाँले राजीनामा दिनुभयो हाम्रो पनि पार्टीले आज बैठक बसेर निर्णय गरेर बेलुकासम्म मन्त्रीले राजीनामा दिनुहुन्छ । हाम्रो साथ नयाँ गठबन्धनलाई रहन्छ । ’

जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन्।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ९ : ०४ बजे