ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी – खड्क नगरपालिका-८ पहाडे भदिया चोकस्थित सडकमा स.१ त नम्बरको ट्याक्टरले अन टेष्ट लेखिएको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका ढोलबाजा बस्ने २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राउ स्मारक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : १६ बजे