बालुवाटार पुगेको एमाले मन्त्रीले प्रचण्डलाई दिए तीन ‘कोसेली’ 

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बुधवार साँझ जम्मा भएका एमालेका आठ मन्त्रीहरू  केही बेरको छलफल पछि सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगे। त्यहाँ पहिला नै राजीनामा बुझाउनका लागि उप प्रधानमन्त्री रघुवीर महासेठले  जानकारी दिनु भएको थियो। 

बालुवाटार पुगेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई  आफ्नो राजीनामा सहित तीन कोसेली बुझाएका छन् । उनीहरुलेृ पहिलो कोसेलीका रूपमा राजीनामा बुझाएका थिए । त्यसै गरी एमाले अध्यक्ष ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका थिए भने अर्को कोसेली नयाँ  सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने आग्रह गर्ने एमालेको निर्णय जानकारी गराएका थिए । 

राजीनामा पत्र बुझेर प्रधानमन्त्री दाहालले धेरै प्रतिक्रिया जनाउनु भएन। उहाँ यस अघि झैँ नक्कली नै भए पनि मुस्कुराउने पनि गर्नुभएको थिएन। उहाँले गम्भीर हुँदै राजीनामा पत्र बुझ्न भयो र जवाफमा मुन्टो हल्लाउँदै फत्तेमान  राज भण्डारीको गीत सुनाउनु  भयो – यस्तो पनि हुँदो रहिछ  जिन्दगीमा कहिले कहिले , कसैलाई माया गर्न एउटा भुल गरेँ मैले । 

 यो शब्द मन्त्रीहरूलाई सुनाएपछि उहाँले मन्त्रीहरुसंग सामूहिक फोटो खिच्नु भएको थियो 

 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ६ : २५ बजे