लोसपाले कांग्रेस-एमाले गठबन्धनलाई साथ दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गर्नु भएको थियो । कांग्रेस सभापति देउवाले गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको अध्यक्ष ठाकुरले बैठकमा ब्रिफिङ गर्नु भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : ५४ बजे