दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेश प्रमुख सिताकुमारी पौडेलले प्रदेशसभामा पेश गर्नु भएको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएपछि आजै प्रदेशको बजेट सार्वजनिक हुँदैछ ।

नीति तथा कार्यक्रम दुई दिनसम्म छलफल भएको थियो । मंगलबारनीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिनुभएको थियो ।

मुख्यमन्त्री नेपालीको जवाफपछि सभामुख नेत्रनाथ अधिकारीले नीति कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ०९ बजे