प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव  सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गर्नुभएको हो ।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो । 
 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : १७ बजे