काठमाडौं। कोपा अमेरिका फुटबलमा क्वाटरफाइनल समीकरण पुरा भएको छ। बुधबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग १-१ गोलको बराबरीमा रोकिएपनि क्वाटरफाइनल पुग्ने अन्तिम टोली बन्न सफल भयो।
समूह ‘डी’ अन्तर्गत भएको खेलमा ब्राजिलसँगको बराबरीले कोलम्बिया भने समूह विजेता बन्यो। खेलमा ब्राजिलले राफिन्हाको फ्रिकिकमार्फत १२ औं मिनेटमै अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाले बराबरी गोल फर्कायो। ड्यानियल मुनोजले पहिलो हाफको इन्जुरी सयमा गोल गर्दै टोलीलाई पहिलो हाफमै बराबरीमा ल्याए।
दोस्रो हाफमा पनि दुबै टिमले गोलका केही राम्रा प्रयास गरेपनि सफल भएनन्। बराबरीसँगै कोलम्बिया समूह ‘डी’ मा अपराजित रहँदै क्वाटरफाइनल प्रवेश गर्याे। अब कोलम्बियाले सेमिफाइनल प्रवेशका लागि पानामासँग प्रतिस्पर्धा गर्दा ब्राजिल र उरुग्वे भिड्ने छन्।
समूह चरणअन्तर्गत नै भएको अर्को खेलमा भने कोस्टारिकाले पाराग्वेलाई २-१ ले पराजित गर्याे। ब्राजिलको हार र आफ्नो फराकिलो जितले मात्र क्वाटरफाइनल सम्भावना बोकेको कोस्टारिका जितका बाबजुत समूह चरणबाटै बाहिरियो।
समूहमा कोलम्बिया ७ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्राजिल ५ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल पुग्दा ४ अंक बनाएको कोस्टारिका र तीनै खेल गुमाएको पाराग्वे भने प्रतियोगिताबाट बाहिरिए।
प्रकाशित मिति : १९ असार २०८१, बुधबार १ : ०१ बजे
प्रतिक्रिया