‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काँग्रेस– एमाले सहकार्य पछि मुलुकले निकाश पाउने : शेखर कोइराला

​​​​​​​​​​​​​​वीरगन्ज । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काँग्रेस र एमाले बिचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडी बढाउने विश्वास समेत ब्यक्त गर्नुभएको छ । 

नेपाली काँग्रेस पर्साद्वारा आज वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले काँग्रेस सधैँ सहमति,सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताउँदै काँग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकाश पाउने दाबी गर्नुभयो । 

मुलुकको राजनीति सधैँ अस्थिर र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद् रहेको कोइरालाको भनाई थियो । 

काँग्रेसका नेता कार्यकर्ताहरूले अब विगतमा भएका तिक्ततालाई छोडेर एकजुट भएर  बढ्नुको विकल्प नरहेको पनि नेता कोइरालाले बताउनुभयो । 

 

नेता कोइरालाले  अब गठन हुने सरकार दुई तिहाइ बहुमतको बन्ने दाबी गर्नुहुँदै अबको सरकारले अस्थिर राजनीतिको अन्त्यको लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिनुभयो । 

 

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकले संवृद्धि हासिल गर्न नसकेको बताउनुहुँदै सुशासनका लागि काँग्रेस र एमाले एक्कै ठाउँमा आउनुपरेको बताउनुभयो । 

नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलामा नेपाली कांग्रेसका,केन्द्रीय सदस्य शङ्कर भण्डारी,रमेश रिजाल,अजय चौरसिया,अनिल रुंगटा, प्रदेशसभा सदस्य श्याम पटेल, शङ्कर चौधरी,पूर्वमन्त्री सुरेन्द्र चौधरी, लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : ३२ बजे