एमाले सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौं।  नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन आग्रह गरेको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भोलिसम्ममा राजीनामा दिन आग्रह गर्ने लगायतका निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यी हुन् एमालेले गरेका निर्णयहरू–
१. एमाले र काँग्रेसबीच नयाँ सरकार निर्माणका लागि भएको सहमतिको अनुमोदन गर्ने ।
२. नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दललाई आह्वान गर्ने ।
३. राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आह्वान गर्ने ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ४४ बजे