काठमाडौँ । फ्रान्स जारी युरोकपको क्वाटर फाइनलमा पुगेको छ। राउन्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको हो।
फ्रान्सको जितमा खेलको ८५औँ मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो।
यो जितपछि फ्रान्स क्वाटर फाइनलमा पुगेको छ र क्वाटर फाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने छ।
त्यस्तै यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुंगिएको छ।
प्रकाशित मिति : १८ असार २०८१, मंगलबार १ : १८ बजे
प्रतिक्रिया