दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको सचेतना दिवस मनाईदै 

काठमाडौं । आज नेपालमा पनि ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको सचेतना दिवस मनाईदै छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर हरेक वर्ष जुन १५ मा ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाइंन्छ । 

ज्येष्ठ नागरिकको सम्मान गर्दै उनीहरुको अनुुभव समाजमा प्रयोग गर्नु पर्नेमा जोड दिंदै संयुक्त राष्ट्र संघले सन् २०१२ मा हरेक वर्षको जुन १५ मा विश्व ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको सचेतना दिवस मनाउने घोषणा गरेको थियो । 
सोही घोषणाअनुसार नेपालमा पनि हरेक वर्ष आजकै दिन दिवस मनाउने गरिएको हो । यस वर्ष दिवसको नारा ज्येष्ठ नागरिकलाई न्यायमा पहुँच भन्ने रहेको छ ।    

ज्येष्ठ नागरिक जिउँदो इतिहास भए पनि ज्येष्ठ नागरिकहरू दिन–दिनै एक्लिँदै गइरहेको र  अपहेलित जीवन बिताउन बाध्य बन्दै गएको सन्दर्भमा दिवसको सान्दर्भिकता थप बढेको राष्ट्रसंघले उल्लेख गरेको छ । 

गाउँगाउँ र बस्ती–बस्तीबाट युवाहरू सहर वा विदेशतर्फ पलायन हुन्, देश र समाजका लागि पसिना बगाए पनि बुुढेसकालमा स्वास्थ्य सेवा, गास, बास, कपासको उपयुक्त प्रबन्ध नहुनु, ज्येष्ठ नागरिकको सवाल राज्य, नागरिक समाज र दातृ निकाय कसैको पनि प्राथमिकता क्षेत्रमा पर्न नसक्नुजस्ता विभिन्न समस्याबाट ज्येष्ठ नागरिकहरू जेलिएका छन् ।  
नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम एवं सेवा सुविधा प्रदान गरिरहेको छ । 
आ.व. ०५२÷५३ देखि ज्येष्ठ नागरिकलाई मासिक ‘वृद्धभत्ता’ प्रदान गर्दै आएको छ । 
नेपालमा ३० लाख भन्दा बढी ज्येष्ठ नागरिक रहेको अनुुमान गरिएको छ । 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : २२ बजे