सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले र काँग्रेसको गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमाले-काँग्रेस गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले एमाले-काँग्रेस गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयाे ।

उहाँले नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि आफूहरूले सरकारबाट राजीनामा दिने बताउनुभयाे ।

रास्वपाबाट हाल पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहनुभएकाे छ भने उपसभापति डिपी अर्याल श्रममन्त्री, सुमन श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री रहनुभएकाे छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : ११ बजे