सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानमन्त्री दाहाल राजीनामा नदिने अडानमा 

काठमाडौँ। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा पर्नुभएका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  तत्काल राजीनामा नदिने मनस्थिति बनाउनु भएको बुझिएको छ । प्रधानमन्त्री दाहाललाई भेटेर निस्कनु भएका एक मन्त्रीका अनुसार तत्काल प्रधानमन्त्री तत्काल राजीनामा  नदिने निर्णयमा पुग्नुभएको छ

बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो  ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’उहाँले  दुई पार्टीले सहमति गरेर अरुलाई आज बिहान आए राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर नमिल्ने बताउनुभयो ।कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाक्नुभएको थियो  । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री दाहाललाई  राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिसक्नुभएको छ  ।

मङ्गलवार बिहान बालुवाटार पुगेर ओलीले काँग्रेससँग भएको सहमति बारे जानकारी दिँदै मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको थियो  ।

ओलीले काँग्रेससहितका दलको समर्थन आफू प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गर्नुभएकाले  दाहालबाट राजीनामा आउने अपेक्षा कांग्रेस – एमालेले गरेका थिए  ।

गए राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किने देखिएको छ  । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्ने बारे छलफल गरिरहनुभएको छ । 

दाहाल निकट स्रोतका अनुसार सरकारका सहभागी दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि उहाँले विश्वको मतको सामना गर्ने आफू निकटका नेताहरूसँग छलफलमा बताउनु भएको छ ।  

उता राजीनामा नआए  बहुमतको हस्ताक्षर बुझेर राष्ट्रपतिले नयाँ प्रधानमन्त्री  नियुक्त गर्ने सम्मका बिषयमा छलफल भइरहेको स्रोतले बतायो  

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ११ : ५५ बजे