सुनको मूल्यमा नयाँ कीर्तिमान

राप्रपाले पनि बोलायो आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक 

काठमाडौँ। संसदमा पाँचौँ ठुलो दल राप्रपाले आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो। 

‘परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न राप्रपाको केन्द्रीय पदाधिकारी बैठक आज मङ्गलवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ श्रेष्ठले भन्नुभयो ।

एमाले – कांग्रेसबीच संविधान संशोधन लगायतका बिषयमा सहमति भएर ओली नेतृत्वमा सरकार बन्ने भएपछि राप्रपामा समेत यो सरकारमा सहभागी हुने कि नहुने भन्ने बिषयमा टुङ्गो लाग्ने छ। सो पार्टीले   निर्वाचन प्रणाली , सङ्घीयता लगायतका बिषयाम भिन्न मत राख्दै आएको छ। 

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ४६ बजे