साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेकपा एमालेको स्थायी कमिटी घोषणा (सूचीसहित)

काठमाडौं ।   नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।

। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको स्थायी कमिटि गठन गरेको हो ।

गठन गरीएको स्थायी कमिटिमा माओवादीबाट आउनुभएका नेताहरूलाई समेटिएको छ ।  स्थायी कमिटीमा झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।

अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् : 
एमाले स्थायी कमिटी
१‍. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोख्रेल
८. प्रदिप ज्ञवाली
९. लेखराज भट्ट
१०. टोप बहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. बिष्णु रिमाल
१३. छबीलाल बिश्वकर्मा
१४. पृथ्वी सुब्बा गुरुङ्ग
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशब बडाल
१८. पुष्प राज कडेंल
१९. मणि थापा

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : २१ बजे