सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले बैठकपछि मन्त्रीहरूको राजीनामाको निर्णय हुने,  पार्टीहरू आकस्मिक बैठकमा 

काठमाडौँ । एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर  भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने चर्चा भइरहेको छ। तर आज तीन बजे बस्ने एमाले सचिवालयको बैठकपछि मात्रै यस विषयमा निर्णय हुने भएको छ ।  

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीको  बैठकपछि मात्रै मन्त्रीहरूले राजीनामा दिने जानकारी दिनुभयो । उहाँले  चक्रपथसगं भन्नुभयो – आज बस्ने सचिवालय बैठकमा कांग्रेससग भएको सहमति बारे ब्रिफिङ हुन्छ, त्यसपछि मात्रै मन्त्रीको राजीनामा बारे टुङ्गो लाग्छ ।  

सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबीच सहमति भएको थियो मन्त्रीहरूको राजीनामापछि  प्रधानमन्त्री प्रचण्डले मार्ग प्रशस्त गर्ने बर्तौलाले आशा व्यक्त गर्नुभयो  ।

उता, नेपाली काँग्रेसले हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । त्यसै गरी नेकपा एमालेले पनि आकस्मिक सचिवालयको बैठक बोलाएको छ। बैठक आज तीन बजे  बस्ने भएको छ। 

सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रलेपनि  पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सचिव गणेश साहका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ०९ बजे