सुनको मूल्यमा नयाँ कीर्तिमान

७ बुँदे सहमतिमा  ओली –देउवाको हस्ताक्षर 

काठमाडौँ।   एमाले नेतृत्वमा कांग्रेस सहितको सरकार बनाउन सोमबार मध्य राति हस्ताक्षर भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चपलीहाईटस्थित उद्यमी रामेश्वर थापाको  घरमा   सहमति पत्रमा हस्ताक्षर भएको हो । यस्ता छन् हस्ताक्षरका बुँदा –

कांग्रेस –एमाले समझदारीको मस्यौदा
१ ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने । 
२ प्रदेश सरकारहरुमा ३र३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।
३  संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।
४  प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।
५ पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।
६ संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।
७  प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ५२ बजे