सुनको मूल्यमा नयाँ कीर्तिमान

रोल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौँ । रोल्पाको माडी गाउँपालिका-४ परेवा छहरामा जीप दुर्घटना हुँदा ११ जना घाइते घाइते भएका छन्। घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप दुर्घटना भएको हो।

घाइतेहरूको उद्धार गरी उपचारका लागि अहिले अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। जीप सडकबाट करीब ४ सय मिटर तल खसेको जानकारी दिएको छ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। केहीको मृत्यु भएको आशंका गरिएको छ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २३ बजे