देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला

सर्लाही । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ ।

जिल्ला अदालत सर्लाहीबाट साेमबार अभियुक्त बम्जनविरुद्धको फैसलाको पूर्ण पाठ आएको हो ।

यस अघि गत असार १० गते न्यायाधीश जीवन कुमार भण्डारीकाे इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियाे ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडाैंकाे बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : १९ बजे