सुनको मूल्यमा नयाँ कीर्तिमान

 मेन पावर व्यवसायीको कारोबारको गुनासो सुन्नु नपरोसः अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले २ खर्ब ६० करोड रकम म्यानपावर व्यवसायीले राख्ने गरेको बताउनुभएको छ  । ३२ औँ वैदेशिक रोजगार व्यवसाय संघको  स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले म्यान पावर कम्पनीले ९६ प्रतिशत रकम बैंक बाहिरबाट कारोबार गरेको  कुरा सुन्नमा आएकोले   त्यस्तो  गुनासो आफूसम्म आउने वातावरण  नबनाउन आग्रह गर्नु भयो 

 कार्यक्रममा बोल्दै मन्त्री अर्यालले श्रम गर्न गएका नेपालीहरुको अवस्थालाई मध्यनजर  गरिरहेको समेत जानकारी दिनुभयो। कार्यक्रममा पूर्व सांसद  एल पी सावाँ लिम्बुले राज्यले ग्लोबल टेडेन्सी बुझ्न जरुरी रहेको बताउनुभयो । नेपालमा मात्र नभई संसारभरका देशबाट युवाहरू विदेश जाने गरेको समेत उहाँले भन्नुभयो । संसारकै सबैभन्दा धेरै विप्रेषण भित्र्याउने देशमा छिमेकी मुलुक भारत त्यसपछि मेक्सिको रहेको  र देशभर एघार सय नौ अर्बको विप्रेषण भित्रिएको समेत उहाँले प्रस्ट पार्नुभयो । 

साथै कार्यक्रममा वैदेशिक रोजगारका प्रथम उपाध्यक्ष डिग बहादुर खत्रीले वैदेशिक रोजगारमा गएकाहरूको मर्का बुझ्न जरुरी रहेको बताउनुभयो ।  नेपालीहरूलाई फ्री भिसा फ्री टिकट भन्दै विभिन्न देशहरूमा प्रलोभन देखाएको तर भने अनुसारको रोजगार नपाएर बिचल्लीमा परेको समेत औँल्याउनुभयो । 

कुनै नेपाली यदि वैदेशिक रोजगारीमा गएर फर्किन्छन् अनि पुन  विदेश नै जानुपर्ने रणनीतिको समेत अन्त्य गर्नुपर्ने मन्त्री अर्यालले भन्नुभयो । उहाँले अहिले देशमा बनेका दुई ठुला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पनि खुलाउन जसले गर्दा आम जनताहरू काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य गर्न  सरकार लगायत अन्य निजी क्षेत्रका सम्पूर्ण व्यवसायी सङ्घहरू सँग सहकार्य गर्दै गरेको समेत जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : ३६ बजे