साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ग्लोबलले एसइई परीक्षाको विज्ञानका उत्कृष्ट २५ लाई पूर्ण छात्रवृत्ति दिने

काठमाडौँ ।  ग्लोबल स्कुलले एसइइमा विज्ञान विषयतर्फ उत्कृष्ट २५ जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ। स्कुलले व्यवस्थापन तथा विज्ञान दुवै समूहमा जिपिएलाई मूल आधार बनाएर मेरिट प्रणालीद्वारा आंशिक छात्रवृत्ति समेत दिने बताएको छ।
विज्ञानतर्फ असार १७ सोमबार र व्यवस्थापनतर्फ स्कुलले जानकारी दिएको छ। १८ गते मङ्गलवार छात्रवृत्ति तथा प्रवेश परीक्षा सञ्चालन हुनेछ।

ग्लोबल स्कुलका अनुसार १७ असारमा हुने विज्ञान विषयको प्रवेश परीक्षाको नतिजामा ४०५ भन्दा बढी अङ्क प्राप्त गर्ने सबै विद्यार्थी भर्नाका लागि योग्य मानिने स्कुलले जानकारी दिएको छ।

ग्लोबलका अनुसार भर्ना भएका विद्यार्थीको कक्षा ११ र १२ को अध्ययन अवधिभर पढाइको पूर्ण जिम्मेवारी कलेजले नै लिनेछ ।

‘भर्ना भएका विद्यार्थीका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मुख्य विषयमा विद्यार्थीलाई अध्ययन सहज गराउन छुट्टै व्यवस्था गर्दै आएका छौँ’ ग्लोबल कलेजका प्राचार्य अम्बादत्त जोशीले भने,‘ कक्षा १२ को अध्ययन पूरा नहुँदासम्मको सबै जिम्मेवारी हाम्रो हुनेछ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  २ : १४ बजे