साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो ।

यसपालीको मौका परीक्षामा एसइई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत बिहीबार सार्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण भएका थिए । अब उनीहरू सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।  

यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहेपनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो ।
 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ११ : १६ बजे