साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं – कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईस्थित सडकबाट करिब ९ ग्राम ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली गोदावरी नगरपालिका-५ गेटा बस्ने २८ वर्षीय सुरेन्द्र बिष्ट र सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष राना रहेका छन् । सु.प.प्र.०१-००८ प ८५९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १ : ४३ बजे